दफा ११
सङ्घ गठन गर्न नसकिने
: दफा ४, ५, ६, ७, ८ र १० मा जुनसुकै कुरा लेखिएको भए तापनि एक जिल्लामा एकै प्रकृतिको एकभन्दा बढी जिल्ला विषयगत सहकारी सङ्घ वा जिल्ला सहकारी सङ्घ, एक प्रदेशमा एकै प्रकृतिको एकभन्दा बढी प्रदेश विषयगत सहकारी सङ्घ वा प्रदेश सहकारी सङ्घ, केन्द्रीय स्तरमा एकै प्रकृतिको एकभन्दा बढी केन्द्रीय विषयगत सहकारी सङ्घ र राष्ट्रिय स्तरमा एकभन्दा बढी राष्ट्रिय सहकारी महासङ्घ गठन गर्न सकिने छैन ।